नियम २७
मुद्दा हेर्दाको प्राथमिकताक्रम
अदालतले मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्दा देहायका प्राथमिकताक्रम अनुसार गर्नु पर्नेछ:- (क) अघिल्लो दिन हेदहिरदैं बाँकी रहेको मुद्दा, (ख) सुत्केरी, कडा रोग लागेको व्यक्ति वा शारीरिक अपाङ्गता भएका व्यक्ति पुनरावेदक भएको मुद्दा, स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि "कडा रोग" भन्नाले मृगौला, मुटु वा क्यान्सर सम्बन्धी रोग सम्झनु पर्छ र सो शब्दले मेडिकल बोर्डले कडा रोग भनी सिफारिस गरेका अन्य रोगलाई समेत जनाउँछ। (ग) सेवाबाट अवकाश हुन एक वर्ष भन्दा कम अबधि बाँकी रहेको पुनरावेदकको मुद्दा,

(घ) मुद्दाको दर्ता क्रमले पहिले दर्ता भएको

मुद्दा।